skip this

समाजवादी मोर्चाको वीरगञ्जमा सन्देश सभा आज, प्रधानमन्त्रिसहित शिर्ष नेता मधेस ओर्लिए

1.18K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–समाजवादी मोर्चा नेपालले सात वटै प्रदेशमा मोर्चा गठन र सन्देश सभाको आयोजना गर्ने निर्णय अनुसार आज वीरगञ्जमा सन्देश सभा हुँदैछ ।

मोर्चालाई प्रभावकारी ढंगले अघि बढाउने र सबै प्रदेशमा मोर्चा गठन तथा सन्देश सभाको आयोजना गर्ने निर्णय गरेको मोर्चाले मधेस प्रदेशको सभा वीरगञ्ज नगर सभा गृहमा गर्न लागेको हो ।

शिर्ष नेता मधेस ओर्लिए

सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालगायत शिर्ष नेता मधेस झरेका छन् ।

सिमरा विमानस्थलमा ओर्लिका प्रधानमन्त्री प्रचण्डसहित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरुलाई नेता, कार्यकर्ताले स्वागत गरेका छन् ।

मोर्चाले १२ गते लुम्बिनी, १३ गते सुदूरपश्चिम, १४ गते कर्णाली, १५ गते गण्डकी, २३ गते बागमती र २५ गते कोशी प्रदेशमा सन्देश सभा गर्ने जनाएको छ ।

nijgadh-supermart-adz1200-630