skip this farak Kura Pravakar

मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन पाेखराकाे जुवाखालबाट पक्राउ

1.99K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-अविरल वर्षाले हिमालपारिकाे जिल्ला मुस्ताङ समस्यामा छ । बाढी र पहिरोले सर्वसाधारण समस्यामा छन्, तर त्यहाँका एक गाउँपालिका अध्यक्ष पाेखराकाे जुवाखालबाट पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका-८ सिर्जनाचोकस्थित होटल लक्ष्मीबाट जुवा खेलिरहेको अवस्थामा मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित ७ जनालाई प्रहरीले विहीबार साँझ पक्राउ गरेको थियो ।

उनीहरूको साथबाट ४ लाख ४७ हजार ८० रूपैयाँ बरामद गरेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

परिचय लुकाए
अध्यक्ष लालचनले आफ्नो नाम ढाँटेर मोहन थकाली भनेका थिए । पक्राउ पर्ने अन्यमा मुस्ताङ घोरपझोङका ५७ वर्षीयका इन्द्रबहादुर कार्की, नविप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुन्ज हिराचन, रामबजारका राजु गुरुङ र रामबजारकै दलबहादुर हिराचन छन् ।

सातैजनालाई आज म्याद थप गरी अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

nijgadh-supermart-adz1200-630