skip this

झापामा प्रहरी निरीक्षकमाथि बञ्चरो प्रहार प्रकरण : ३ जना पक्राउ

1.52K shares
oil-nigam-amlekhgunj-adv.jpeg

झापा । ड्यूटीमा खटिएका प्रहरी निरीक्षकलाई बन्चरो प्रहार गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका-९ बस्ने ३६ वर्षीय अशोक पोखरेल, ३२ वर्षीय बिकाश भन्ने अरूण तामाङ र ३३ वर्षीय लक्ष्मण टुडु रहेका छन् ।

उनीहरूलले शिवसताक्षी नगरपालिका-९ झरना पुल नजिकै ड्यूटीमा खटिएका प्रहरी निरीक्षक युवराज कटुवाललाई बन्चरो प्रहार गरी घाइते बनाएका थिए।

घाइते भएका प्रहरी निरीक्षक कटुवाललाई स्थानीय दुधे मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको छ ।

घाइते बनाउको अभियोगमा बिहीबार बिहीबार साँझ प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम बरामद गरेको छ । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाउको छ ।

माेटरसाइकल राेक्न खाेज्दा झापामा प्रहरी निरीक्षकमाथि बञ्चरो प्रहार

nijgadh-supermart-adz1200-630