skip this farak Kura Pravakar

बारा निजगढकी साहित्यिक श्रष्टा सरु बस्नेत पोखरामा ‘छन्द बचाऊँ वाचनकला पुरस्कार’ बाट सम्मानित

1.72K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बारा निजगढकी साहित्यिक श्रष्टा सरु बस्नेत पोखरामा सम्मानित भएकी छिन् ।

माधव वियोगी वाङ्मय प्रतिष्ठान पोखराले सोमबार कृति लोकार्पण तथा स्रष्टा सम्मान कार्यक्रममा निजगढ ७ की बस्नेतलाई ‘छन्द बचाऊँ वाचनकला पुरस्कार’ बाट सम्मानित गरिएको हो ।

विद्यासागर अग्रेजी माध्यमिक विद्यालयकी शिक्षिका समेत रहेकी बस्नेतको रोशनी गजल संग्रह प्रकाशित छ भने रचना बाचनमा परिचित छिन् ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले नगद १५ हजारसहित दोसल्ला र सम्मानपत्र सम्मान गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानले साहित्यकार भानुभक्त कुभिण्डेलीलाई ‘अग्निविष्णु छन्द साधना पुरस्कार’ प्रदान गरेका थियो ।

कार्यक्रममा साहित्यकारत्रय माधव वियोगीको ‘काव्यतपसी’ (महाकाव्य), भानुभक्त कुभिण्डेलीको ‘छन्दनायक’ (महाकाव्य) र नारायणप्रसाद बरालको ‘सपना र स्वर्ग’ (कविता संग्रह) लोकार्पण गरिएको हो ।

छन्दनायक तथा महाकाव्यकार माधव वियोगी, प्राडा कुसुमाकर न्यौपाने, साहित्यकार असफल गौतम, स्रष्टा भानुभक्त कुभिण्डेली, सरु बस्नेत, स्रष्टा नारायणप्रसाद बराल, साहित्यकार लक्ष्मण थापा, स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले मन्तव्य राखेका थिए ।

त्यस अवसरमा साहित्यकारहरु रुद्रबहादुर थापामगर, बसन्त चालिसे, चन्द्रावती वाग्ले, रमा खतिवडा, विश्व अधिकारी, पुण्य भट्टराई, आर्या त्रिपाठी, शर्मिला सुनारलगायतले कविता वाचन गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष नवराज बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख संरक्षक सरिता घिमिरेले स्वागत र सचिव शिव त्रिपाठीले सञ्चालन गरेका थिए ।

nijgadh-supermart-adz1200-630