skip this

चुरेहिलको सहकार्यमा साथी सहकार्य यूवा क्लबको स्वास्थ्य शिविरमा दुई सय ३७ जनाको परीक्षण

924 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–सी.एम.सी चुरेहिल हेटौंडाको सहकार्यमा निजगढस्थित साथी सहकार्य यूवा क्लबले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

निजगढ नगरपालिका–८ स्थित गौरीशंकर माध्यमिक विद्यालय परिषरमा शनिवार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविरमा जनरल फिजिसियन सेवा, हाडजोर्नी नसा रोग विशेषज्ञ सेवा, जनरल सर्जरी सेवा, स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा, ईसीजी सेवा, सुगर परीक्षण सेवा गरि जम्मा दुई सय ३७ जनाले स्वास्थ्य परीक्षण गरिएको थियो ।

शिविरमा निजगढ नगर उप्रपमुख सोममाया थिङ्ग, ७ नं. वडा अध्यक्ष टेक बहादुर लामा, ९ नं. वडा अध्यक्ष रामचन्द्र कटवालले निरीक्षण गरेका छन् ।

शिविरमा सी.एम.सी चुरेहिल हेटौंडा हेटौडाका पब्लिक रिलेशन अफिसर पुरुषोत्तम न्यौपाने लगायत अस्पातालका विशेषज्ञ डक्टरहरु कन्स्ल्टेन्ट डा. चादनी पाण्डे, प्रसुती तथा स्त्री विशेषज्ञ, कन्स्ल्टेन्ट डा. अरविन्द गिरि(जेनेरल एण्ड ल्याप्रोस्कोपिक सर्जरी), कन्स्ल्टेन्ट डा. सुशील कुमार साह, अर्थोपेडिक एण्ड ट्रमा सर्जरी (हार्डजोर्नी तथा बाथ रोग विशेषज्ञ), कन्स्ल्टेन्ट डा. प्रज्ज्वल दाहाल (इन्टर्नल मेडिसिन) दिर्घकालिन तथा भित्री रोग विशेषज्ञ) लगायतलाई क्लबले धन्यवाद दिएका छन् ।

त्यस्तै शिविरमा निजगढ नगरपालिका, स्वास्थ्य शाखा, निजगढ बर्गर एण्ड क्रेन्ची फ्राईड चिकेनका संञ्चालक निरन्जय थोकर र द रुदाक्ष भिल्ला, यामाहा निजगढ लगायतले सहयोग गरेका थिए ।

क्लबले आगामी दिनहरूमा अझ यो भन्दा ठुलो स्वास्थ्य शिविर सञ्चालन गर्ने युवा क्लबका अध्यक्ष विपुल लामाले बताएका छन् । हरेक बर्ष निःशुल्क स्वास्थ्य शिविर गर्ने घोषणा गरेका छ ।

संस्थाले अहिले सम्म गरिएको हरेक सामाजिक कार्यहरू कार्तिके दान (देउसी भैलो खेलेर) संकलन भएको रकमबाट बर्ष भरि यस्ता कार्यहरू गरेको जनाएको छ ।

nijgadh-supermart-adz1200-630