निजगढ ६ नं. वडा कार्यालय गर्यो तरकारीको विउ वितरण

वि.सं.२०८१ फागुन १३ मंगलवार १०:५४
381
shares

निजगढ–निजगढ नगरपालिका ६ नम्बर वडा कार्यालयले किसानहरुलाई तरकारीको विउ वितरण गरेको छ ।
वडा कार्यलयले आफ्ना वडावासीहरुलाई सोमबार करेसाबारीमा लगाउने तरकारीको बिउ वितरण गरेको हो ।
करेसाबारीमा लगाउने विभिन्न प्रजातीको विउहरु वडाले एक कार्यक्रम बिच वडा अध्यक्ष घनश्याम तिमल्सिना लगायतले किसानहरुलाई हस्तान्तरण गरेका हुन् ।
विउ वितरण कार्यक्रममा वडा सदस्य आशा श्रेष्ठ, मिना सुनार, केशव प्रसाद अधिकारी, कृष्ण बहादुर मोक्तान, वडा कार्यालयका सचिव सुजित कर्णलगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०८१ फागुन १३ मंगलवार १०:५४