skip this

नयाँ पोशाक पाउँदा दङ्ग भए सिंगौलको शिक्षा शक्ति नमुनाका विद्यार्थी

वडा कार्यालयको सहयोगमा सहकारी संस्थाद्धारा पोशाक वितरण

1.81K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ नगरपालिका–१ सिंगौलस्थित श्री शिक्षा शक्ति नमुना आधारभूत विद्यालयका विद्यार्थीलाई बुधबार पोशाक वितरण गरिएको छ ।

विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई निजगढ नगरपालिका १ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा निजगढ–८ को समुन्नत महिला बहुउद्देश्यीय सहकारी संस्था लि. ले विद्यालय पोशाक वितरण गरेको हो ।

वडा अध्यक्ष मंगल लोप्चनको प्रमुख आतिथ्यतामा भएको विपन्न विद्यार्थीलाई पोशाक वितरण कार्यक्रममा कार्यपालिका सदस्य फूलमाया घलान, वडा सदस्य जुरेली विक, संस्थाकी अध्यक्ष कल्पना खरेल, सदस्य शान्ति लामा, पुजा सापकोटा, रमा मैनाली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष शेखर लोप्चन, प्रधानाध्यापक धनकुमारी सिग्देल, स्थानीय अगुवा संजिब लोप्चन लगायतको उपस्थिति रहेको थियो ।

एक सय पाँच जना विद्यार्थीलाई पोशाक वितरण भएको विद्यालयकी प्रधानाध्यापक धनकुमारी सिग्देलले जानकारी दिईन् । आर्थिक रुपमा विपन्न समुदायका बालबालिका पढ्ने विद्यालयमा पोशाक सहयोगले अभिभावकलाई राहत मिलेको प्रधानाध्यापक सिग्देलले बताईन् ।

‘आर्थिक अभावमा दाजु, दिदीहरुको पुरानो कपडा टालेर लगाउने अवस्थाका बालबालिका सबैभन्दी बढी उत्साहित भएका छन्,’ सिग्देलले भनिन्–हामीले त पोशाक लगाएर आउनु भन्थ्यौं तर आर्थिक अभावले बेलैमा पोशाक लगाउन नपाउने बालबालिका वडाबाट पाउने आशामा बसेका थिए ।’

nijgadh-supermart-adz1200-630