skip this

मोटरसाइकलको ठक्करबाट चितवनमा स्कुटर चालकको मृत्यु

1.9K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–५ नयनचोकमा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका१९ का २० वर्षीय बिशेष दाहाल रहेका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा कलेज अफ मेडिकल साईन्स अस्पताल भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिशालचोकबाट जानकीचोकतर्फ जाँदै गरेको ना ६३ प ९३०३ नम्बरको मोटरसाइकलले हिजो बेलुकी पौने ९ बजे विपरित दिशाबाट आउँदै गरेको ना ३८ प ७८७६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटना पश्चात फरार भएका मोटरसाइकल चालकको खोजी भइरहेको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ ।

 

nijgadh-supermart-adz1200-630