सहिद स्मारक ए डिभिजन लिगःआज तीन खेलहरु हुँदै

276 shares

काठमाडौं। आज सहिद स्मारक ए डिभिजन लिग फुटबलमा तीन खेलहरु हुँदैछन् । आज लिगको चौंथो चरण अन्तर्गतको खेलहरु हुन लागेको हो ।जसमा एक खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र दुई खेल दशरथ रंगशालामा हुनेछ । एन्फा कम्प्लेक्समा संकटा क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुँदा दशरथ रंगशालामा जावलाखेल युथ क्लबले फ्रेन्ड्स क्लबको सामना गर्दैछ ।

दुवै खेल दिउँसोे २ः३० बजे सुरु हुनेछ । संकटा आज दोस्रो जितको खोजीमा छ । नवप्रवेशी चर्च ब्वाइज भने लगातार चौंथो जितको खोजीमा रहेको छ । जावलाखेल तेस्रो जित निकाल्ने योजनामा रहेको छ भने फ्रेन्ड्स पहिलो जितको खोजीमा रहेको छ ।

रंगशालामा हुने दोस्रो खेलमा मछिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् । पुछारका दुई टोलीबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । साविक विजेता मछिन्द्र र पुलिस दुवै पहिलो जितको खोजीमा रहेका छन् ।

संकटा ४ अंकसहित आठौं स्थानमा रहँदा फ्रेन्ड्स १ अंकसहित १२ औं स्थानमा रहेको छ । त्यस्तै मछिन्द्र ३ खेलमा १ अंक जोडेर १३ औं स्थानमा रहेको छ भने पुलिस पहिलो अंकको खोजीमा रहेको छ ।