skip this

मेयर बालेनप्रति शंकर पोखरेलको आक्रोसः जिम्मेवारीमा बसेपछि जिम्मेवार बन्नुपर्छ

888 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले ‘समाजलाई चरम अराजकतातिर’ लैजाने नियोजित प्रयास गरेको भन्दै नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आक्रोस व्यक्त गरेका छन् । आज समाजिक सञ्जाल मार्फत महासचिव पोखरेलले देश सफा गर्नुपरे सिंहदरबारका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने मेयर बालेनको भनाई माथि टिप्पणी गरेका हुन्।

मेयर बालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास गरिरहेको आरोप लगाउँदै उनले जिम्मेवारीमा बसेपछि जिम्मेवार र जबाफदेही बन्नुपर्ने बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, मेयर बालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्दछ । जिम्मेवारीमा बसेपछि जिम्मेवार र जबाफदेही बन्नै पर्दछ ।

nijgadh-supermart-adz1200-630