skip this

मुलुकको अर्थतन्त्र ऋणात्मक कमजोर बनिरहेको छ –उपप्रधानमन्त्री खड्का

933 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । केन्द्रीय गठबन्धन अनुसार नेपाली कांग्रेस कर्णाली प्रदेशको सरकारमा जाने उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले बताएका छन् ।आज सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपप्रधान खड्काले कर्णालीमा चाँडै नै काँग्रेस सरकारमा जाने बताएका हुन् । उपप्रधान खड्काले एमालेसँगको गठबन्धन अप्राकृतिक भत्काएर प्राकृतिक गठबन्धन बनाउन सफल भएको उललेख गरेका छन् ।

चुनावमा गरेका प्रतिबद्धता र प्रधानमन्त्री प्रचण्डले जनतासामू गरेको प्रतिबद्धता अनुसार कर्णालीमा पर्याप्त बजेट पारिने गर्ने उपप्रधान खड्काले बताएका छन् । उनले कर्णाली राजमार्गलाई आगामी बजेटमा राष्ट्रिय गौरवको आयोजनामा समेटने दाबी गरेका छन ।

‘मुलुकको अर्थतन्त्र ऋणात्मक कमजोर बनिरहेको, कर्मचारीलाई तलव खुवाउन पनि ऋण लिनुपर्ने अवस्था रहेको छ । यसबाट मुक्ति हुनका लागि सरकारले आवश्यक नीति, कार्यक्रम र बजेटको कार्यान्वयन गर्नेछौं ।

nijgadh-supermart-adz1200-630