skip this

आफूहरुले असाधारण ढंगले कोर्सलाई परिवर्तन गरेको ओलीको दाबी

795 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आफूहरुले कोर्स परिवर्तन गरेको भन्दै एमालेले गर्व गर्नुपर्ने नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्। संगठित ढंगले अस्थिरताको एउटा डरलाग्दो प्रयास अगाडि बढाइराखेको बेलामा आफूहरुले असाधारण ढंगले कोर्सलाई परिवर्तन गरेको उनको दाबी छ।

एमालेद्वारा आयोजित नेपालमा संसदीय प्रक्रिया तथा कानुन तर्जुमा विषय अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार नेपालीले नै बनाएको बताए।‘नेपालीले नेपालमा सरकार बनाउन नपाउने, चलाउन नपाउने यस्तो पनि कहीँ हुन्छ ? त्यस कोर्सलाई हामीले परिवर्तन गर्‍यौं। अहिले हामीले नेपालीले सरकार बनाएका छौं। अरुले होइन, यो नेपालीले बनाएको सरकार हो। यो सफलता हामीले प्राप्त गरेका छौं’, ओलीको भनाइ छ।उनले नेपालीले नेपालमा सरकार बनाएको दोहोर्‍याउँदै त्यो ज्यादै ठूलो उपलब्धि भएको बताए। ‘

nijgadh-supermart-adz1200-630