skip this

छायाँछवि तीज म्युजिक अवार्डकाे उत्कृष्ट तीज दोहोरी गायिका जुरी अवार्ड शोभालाइ

1.78K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-छायाँछवि तीज म्युजिक अवार्डको नवौं संस्करणकाे उत्कृष्ट तीज दोहोरी गायिका जुरी अवार्ड शोभा जीसीले प्राप्त गरेकी छिन् ।

छायाँछवि क्रियसनको प्रस्तुतिमा शुक्रबार काठमाडौंमा सम्पन्न भएको कार्यक्रममा उत्कृष्ट तीज दोहोरी गायिका जुरी अवार्ड शोभा जीसीलाइ प्रदान गरिएको हाे ।

छाँयाछवि तीज म्युजिक अवार्डका अध्यक्ष शान्तिप्रिय, फिल्म निर्दशक माधवराज खरेल, नायक श्रीदेव भट्टराई, मिलापकी कार्यकारी सम्पादक गिता अधिकारी लगायतले अवार्ड तथा सम्मानपत्र प्रदान गरेका हुन् ।

लाेकदाेहाेरी गायिका जीसीकाे तीज गित नाचिदेउ पातलीबाट अवार्ड हात परेकी हुन् । उनकाे हालै याे गित सार्वजनिक भएकाे थियाे ।

विषेशगरी हिन्दू नारीहरुको महान् पर्वका रुपमा परापुर्वक काल देखिनै हर्षोउल्लासका साथ मनाउँदै आएको हरितालीका तीजको पुर्व सन्ध्यामा कला क्षेत्रमा लागेका स्रष्टा तथा सर्जकहरूलाई थप हौसला प्रदान गर्दै एक आपसमा माया एवम् सद्भाव फैलाउने उद्देश्यका साथ विगत नौं वर्षदेखि निरन्तर रुपमा छायाँछवि तीज म्युजिक अवार्डको आयोजना हुँदै आइरहेको छ ।

कलाकारिताका माध्यमबाट हाम्रो मौलिक संस्कृतिको जगेर्नाका निम्ति योगदान पु¥याने स्रष्टा एवम् सर्जकलाई सम्मान स्वरुप दर खुवाउनुका साथै सांस्कृतिक प्रस्तुतिसहित तीज अवार्डको समापन हुँदै आएको छ ।

मौलिक सांस्कृतिक पर्व तीजलाई मनोरञ्जनको भन्दा पनि संस्कृतिको संम्बर्धन एवम् प्रवद्र्धनमा यस अवार्डले जोड दिदै आएको छाँयाछवि तीज म्युजिक अवार्डका अध्यक्ष शान्तिप्रियले बताए ।

सञ्चारकर्मी सुष्मा श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा कला सङ्गीत र सञ्चार क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागीता थियो ।

nijgadh-supermart-adz1200-630