skip this farak Kura Pravakar

सिन्धुलीको फिक्कल दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ६ पुग्यो

1.78K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। सिन्धुलीको फिक्कल गाउँपालिका–४ मा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस फिक्कलमा दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा ३ पुरुष र ३ महिला छन् । दुर्घटनामा परेर २९ जना घाइते भएका छन् । घाइतेलाई उपचारको लागी सिन्धुलीको खुर्कोटमा ल्याइँदै छ । बस तिब्र गतिको कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीले जानकारी दिएको छ । बस सडकको भित्तामा ठोक्किएको छ । चालक फरार छन् ।

nijgadh-supermart-adz1200-630