म्हेन्दो माया गितले दिलायो लक्ष्मीलाई ‘सेलो अवार्ड’
वि.सं.२०७८ चैत २२ मंगलवार २१:१२

काठमाण्डौं । चर्चित सेलो गायिका लक्ष्मी तामाङ सर्वोत्कृष्ट तामाङ सेलो अवार्ड पाएकी छिन् ।
राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ निम अवार्डमा म्हेन्दो माया चाईना जुत्ता बोलको गीतबाट सर्वोत्कृष्ट तामाङ सेलो अवार्ड जितेकी हुन् ।
बिगत लामो समयदेखि सांगेतिक क्षेत्रमा होमिएकी गायीका तामाङले तामाङ सेलो अवार्ड हता परेकी हुन् । उनले हासेर खेलेको डाडा, कति फरक पायौ अरुमा, पानी है पर्यो झम झम झम, शंका तिम्रो कति कति, म त चोखो माया गर्छु, पर्देशीसंग लाएको माया, सेलो डम्फुको ताक्धुम जस्ता थुप्रै संगीतमा उनले आफ्नो आवाज भरेकी छन् ।

सुमधुर स्वरकी धनी तामाङले तामाङ समुदायको संस्कृति, रितिरिवाजलाई संगीतको माध्यम मार्फत समाजमा ल्याउने गरेकी छन् । उनले वेष्ट सेलो गायिकाको अवार्ड पाए पछि सांगितिक यात्रामा अगाडी बढ्न थप हौसला मिलेको बताएकी छन् ।
लामो समयदेखि सांगितिक क्षेत्रमा गरेको मेहनत र संघर्षको मुल्यांकन भएकोमा खुसी व्यक्त गर्दै उनले दर्शक स्रोताहरुको माया र साथ यसैगरि मिल्दै गाए अझ मेहनतका साथ राम्रा गीतहरु बजारमा ल्याउने बताईन ।
वि.सं.२०७८ चैत २२ मंगलवार २१:१२

















