बारामा बर्डफ्लूको संक्रमण देखियो, उच्च सतर्कता अपनाउन आग्रह
वि.सं.२०७८ चैत २२ मंगलवार २०:५०

बारा । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लू संक्रमण बारामा बर्डफ्लू संक्रमण देखिएको छ ।
संक्रमण देखिएपछि मन्त्रालयले उच्च सतर्कता अपनाउन कृषकहरुसँग आग्रह गरेको छ ।
मन्त्रालयका अनुसार अहिले १३ जिल्लामा बर्डफ्लू बढेको देखिएको छ । प्रदेश १ का मोरङ, उदयपुर र सुनसरी, मधेश प्रदेशका बारा, पर्सा र धनुषा, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक एवं गण्डकी प्रदेशको कास्कीमा संक्रमण पुष्टि भएको विभागले जनाएको छ ।
गत माघ ११ गते सुनसरीमा पहिलो पटक देखिएको संक्रमण अहिले चार वटा प्रदेशका १३ जिल्लामा फैलिएको पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले बताए ।
संक्रमण भेटिएको ठाउँबाट अन्यत्र पशुपन्छीको ओसारपोसार नगर्न र पन्छी पालन गर्नेहरुले उच्च सतर्कता अपनाउने सम्बन्धमा विभागले व्यवसायीलाई निर्देशन दिएको पनि विभागले जनाएको छ ।
वि.सं.२०७८ चैत २२ मंगलवार २०:५०

















