आज बागमती प्रदेशसभा बैठक बस्दै, ५ वटा प्रतिवेदन पेश गर्ने
वि.सं.२०७९ जेठ ३१ मंगलवार ०७:४८

काठमाडौं ।आज बागमती प्रदेशसभा बैठक बस्दैछ । दिउँसो २ बजे बस्ने प्रदेश सभामा ५ वटा प्रतिवेदन पेश हुने भएको छ ।बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको ०७७–०७८ को बार्षिक प्रतिवेदन पेश गर्ने भएका छन् । बैठकमा प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास
समितिका सभापति नारायण बहादुर सिलवाल, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति केशव प्रसाद पोखरेल र उद्योग पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेले आफ्नो समितिको बार्षिक प्रतिवेदन पेश गर्नेछन् ।
बागमती प्रदेश सभाले १९ गतेमा आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम पास गरेको थियो । उक्त नीति तथा कार्यक्रमलाई पुरापूर सम्बोधन गर्ने गरी बजेट ल्याइने तयारी भएको प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बताए ।यसैगरी आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक सर्वेक्षण २०७८र७९ पेश गर्नेछन् । बागमती प्रदेश सरकारले भोलि बजेट सार्वजनिक गर्दैछ । भोलि १ असारको अपरान्ह ४ बजे प्रदेश सभा बैठकमा बजेट पेश हुने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गरेको छ ।
वि.सं.२०७९ जेठ ३१ मंगलवार ०७:४८
















