आज पनि प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
वि.सं.२०७९ जेठ ३१ मंगलवार ०७:३६
3.04K
shares

काठमाडौं । आज पनि संघीय संसद प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ । बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ मन्त्रीहरूले दिने कार्यसूची रहेको छ ।
युवा तथा खेलकुद मन्त्री, शहरी विकास मन्त्री, कृषि तथा पशुपन्क्षी विकास मन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्री र अर्थ मन्त्रीले सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिने कार्यसूची रहेको छ ।
वि.सं.२०७९ जेठ ३१ मंगलवार ०७:३६

















