skip this hetauda tech

उडानमा प्रदान गरिने खानामा सर्पको टाउको फेला

1.89K shares
oil-nigam-amlekhgunj-adv.jpeg
अंकारा-टर्कीमा रहेको एयरलाइन्स कम्पनीका एउटा उडानका परिचरले उडानमा प्रदान गरिएको खानामा सर्पको टाउको फेला परेको जनाएका छन् । सर्पको टाउको फेला परेपछि उनी त्रसित बनेका थिए । उड्डयनसम्बन्धी ब्लग वन माइल एट अ टाइमलाई  इन्डिपेन्डेन्टले उद्धृत गरेअनुसार जुलाई २१ मा टर्कीको अंकाराबाट जर्मनीको डसेलडोर्फको  सनएक्सप्रेसको एउटा उडानमा उक्त घटना भएको हो । 

आलु र तरकारीको बीचमा सानो सर्पको टाउको छोपिएको देख्दा आफूहरू  चकित परेको चालक दलका सदस्यहरूले बताएका छन् । ट्विटरमा सेयर गरिएको एउटा भिडियोमा सर्पको काटिएको टाउको खानाको ट्रेको बीचमा देख्न सकिन्छ ।

उक्त डरलाग्दो चिज देखेपछि एयरलाइनले तत्काल प्रतिक्रिया जनाएको थियो । टर्की प्रेसका अनुसार एयरलाईनका लागि उक्त घटना बिल्कुलै अकल्पनीय थियो । वायुसेवा कम्पनीले खाद्यान्न आपूर्तिकर्तासँगको आफ्नो सम्झौता स्थगित गरेको छ भने उक्त घटनाबारे अनुसन्धान सुरु गरिएको छ ।

यसैबीच, एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै विमानमा प्रदान गरिने खानेकुरा उच्च गुणस्तरको हुनुपर्ने जनाएको छ । ‘उड्यन उद्योगमा ३० वर्षभन्दा बढी अनुभव भएकोले हामीले हाम्रा पाहुनाहरूलाई हाम्रो विमानमा प्रदान गर्ने सेवाहरू उच्च गुणस्तरको होस् र हाम्रा पाहुना र कर्मचारीहरू दुवैलाई सहज र सुरक्षित उडानको अनुभव होस् भन्ने हाम्रो उच्च प्राथमिकता हो’ एयरलाइन्सले एक विज्ञप्तिमा भनेको छ ।

nijgadh-supermart-adz1200-630