skip this

हालसम्म १९९ पालिका प्रमुखमा एमालेका उम्मेदवार निर्वाचित

1.57K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेकपा एमालेले देशका १९९ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । एमालेका उम्मेदवारले हालसम्म मतगणना सम्पन्न भएका ७२९ पालिकामध्ये १९९ वटाको प्रमुख तथा अध्यक्षमा जित निकालेका हुन् ।

निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । आयोगका अनुसार अब मात्र २४ वटा पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ । मतगणना जारी भएका पालिकामध्ये ६ वटामा एमालेको उम्मेदवारको अग्रता रहेको आयोगले जनाएको छ ।

 

nijgadh-supermart-adz1200-630