टांगियाबस्तीमा छोराले गरे बाबुको हत्या
वि.सं.२०८० साउन २७ शनिवार १४:१०
834
shares

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ टांगियाबस्तीमा छोराले बाबुको हत्या गरेका छन् ।
६० वर्षीय छोरा दिलबहादुर घलानको मुक्का प्रहारबाट ९० वर्षीय बाबु माइत सिं घलानको मृत्यु भएको हो । उनका घरायसी विवादमा रिसको झोंकमा मुक्का प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।
शुक्रबार दिउँसो करिब १२ः४५ बजेतिर मुक्का प्रहारबाट वृद्धको घटनास्थलमै मृत्यु भएको थियो ।
पक्राउ परे छोरा
घटनाको आरोपमा छोरा दिलबहादुरलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढले नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता न्यौपानेले बताए ।

घटना लगत्तै स्थानीय बासिन्दाले खबर गरेपछि घटनाको प्रहरी टोलीले अनुसन्धान थालेको थियो ।
वि.सं.२०८० साउन २७ शनिवार १४:१०
















