skip this

दशैंकाे राताे टिका लगाएका वडा अध्यक्ष लामा भन्छन्- अफवाहकाे पछि नलागाैं

3.02K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा- बाराकाे निजगढ नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष स्वर्ण लामाले बुवा पासाङ लामाकाे हातबाट दशैंकाे टीका लगाए ।

तामाङ समुदायका वडा अध्यक्ष स्वर्णले राताे टीका र पहेँलो जमरा लगाएर दशैं मनाएकाे तस्बिर सामाजिक सञ्जालमा पाेष्ट गरे । जसले एउटा बहस सृजना गरेकाे छ- दशैं मनाउन हुने कि न हुने ? मनाउनेले पनि राताे टीका लगाउने कि न लगाउने ? यसमा उनी प्रष्ट देखिन्छन् ।

अफवाहकाे पछि नलागाैं

उनी दशैंलाई परम्पराको निरन्तरताका रुपमा लिनुपर्ने धारणा राख्छन् । उनी भन्छन्–‘हामीले मान्दै आएका छौं । यसलाई निरन्तरता दिनुपर्छ । हाम्रो समुदायमा अफवाह फैलाईएको छ, दशै मान्न नहुने, रातो टिका लगाउन नहुने भन्ने खालको, हामी यस्ता अफवाहको पछाडी नलागि दशैं मनाउनुपर्छ ।’

जिल्लाकै कान्छा जनप्रतिनिधि रहेका उनी सत्ता गठबन्धनकाे कांग्रेस पार्टीबाट बैशाख ३० मा निर्वाचित भएका थिए ।

जनप्रतिनिधिका रुपमा हामीले हाम्रो कतव्र्य निभाउनु पर्छ । जनताले म्याण्डेड दिएर पठाएका छन्, त्यसलाई इमान्दारितापूवर्क निभाउनु पर्छ । त्योसंगै हामीले हाम्रो परिवार र साथीभाईका लागि पनि चाडबाडको बेलामा समय दिनुपर्छ । समस्या आउँदा कतव्र्य निभाउनुपर्छ ।

nijgadh-supermart-adz1200-630