skip this

खप्तड गोल्डकप फागुन तेस्रो सातादेखि

873 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । सुदूरपश्चिम खप्तड गोल्डकपको पाँचौँ संस्करण फागुन तेस्रो साताबाट सुरु हुने भएको छ । आयोजक सुदूरपश्चिम-११ स्पोर्टस क्लबले बुधबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।
फागुन १९ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि तयारी समेत सुरु गरिएको आयोजक क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए। सुदूरपश्चिम प्रदेश सरकारले प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने भएपछि यसवर्ष प्रतियोगिताको नामकरण ‘मुख्यमन्त्री अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप २०७८’ गरिएको छ।
दुई विदेशीसहित १० टिम सहभागी हुने प्रतियोगिताको विजेतालाई २१ लाख तथा उपविजेतालाई १० लाख रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका महासचिव प्रकाश शाहीले जानकारी दिए ।
धनगढी रंगशालामा हुने प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई २०-२० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १०-१० हजार पुरस्कार प्रदान गरिनेछ ।
फिफा र एन्फाको नियमअनुसार हुने प्रतियोगिता आयोजनामा एक करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितालाई दैनिक पाँच हजार दर्शकले प्रत्यक्ष तथा ५० लाख बढीले अप्रत्यक्ष रूपमा प्रतियोगिताबारे जानकारी पाउने आयोजकले दाबी गरेको छ ।
गतवर्षको उपाधि आयोजक सुदूरपश्चिम एघारले जितेको थियो भने थ्रीस्टार क्लब उपविजेता रहेको थियो ।

nijgadh-supermart-adz1200-630