skip this

रोमालाई पराजित गर्दै कोपाको सेमिफाइनलमा पुग्यो इन्टर, युनाइटेडले शीर्ष चारमा उक्लिने माैका गुमायाे

1.56K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । इन्टर मिलान रोमालाई पराजित गर्दै कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार रातिको खेलमा इन्टरले रोमालाई २-० गोल अन्तरले पराजित गरेको हो । इन्टरको जितमा इडिन जेको र एलेक्सिस सान्चेजले १-१ गोल गरेका थिए ।
जेकोले खेलको दोस्रो मिनेटमा इभान पेरेसिकको पासमा गोल गरेका थिए । सान्चेजले ६८औं मिनेट अग्रता दोब्बर बनाए । ​पराजितसँगै जोसे माउरिन्होको रोमा बाहिरिएको छ । अब इन्टरले एसी मिलान र लाजियोमध्ये एउटासँग सेमिफाइनलमा भेट गर्नेछ । सिमोन इन्जाघिको इन्टर यस सिजन तीन उपाधि नजिक छ ।
युनाइटेडले शीर्ष चारमा उक्लिने माैका गुमायाे
रेलिगेशन जोनमा रहेको वर्नलीसँग इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष टोली म्यानचेस्टर युनाइटेड मंगलबार राति १-१ को बराबरीमा रोकिएको छ । ​वर्नलीको घरेलु मैदानमा सुरुआती अग्रता बनाए पनि युनाइटेडले त्यसलाई जोगाउन नसक्दा शीर्ष चारमा उक्लिने मौका गुमायो ।


पाउलो पोग्वाले १८औं मिनेटमा गरेको गोलसंगै युनाइटेडले अग्रता बनाएको थियो । तर घरेलु टोलीका जय रोड्रिगुयजले ४७औं मिनेट बराबरी गोल गर्दै टोलीको संकट टारे । खेलको दोस्रो हाफको ६८औं मिनेट क्रिष्टियानो रोनाल्डो मैदान प्रवेश गरेपनी कुनै जादु देखाउन सकेनन् ।
बराबरीपछि युनाइटेड २३ खेलबाट ३९ अंकसहित पाँचौं स्थानमा छ । वर्नली भने २० खेलबाट १४ अंक सहित पुछारमा रहेको छ । राति नै भएको खेलमा न्युक्यासल युनाइटेडले एभर्टनलाई ३-१ तथा वेस्ट ह्याम युनाइटेडले वाट्फोर्डलाई १-० ले पराजित गर्दै शीर्ष चारमा उक्लियो । लिगमा २३ खेलबाट ५७ अंक सहित म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहेको छ ।

 

nijgadh-supermart-adz1200-630