skip this

तेस्रो निजगढ नगर स्तरीय भेट्रान्स फुटबल : आयोजक चौतारा युवा क्लव ‘ए’ फाईनल प्रवेश

2.07K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–चौतारा युवा क्लवको आयोजना तथा निजगढ ७ नं. वडा कार्यालयको सहयोगमा सञ्चालित तेस्रो निजगढ नगर स्तरीय भेट्रान्स फुटबल प्रतियोगिता –२०८० मा विहीबार नमोवुद्ध भेट्रान्स क्लव र निजगढ भेट्रान्स क्लवबीच प्रतिस्पर्धा हुने भएको छ ।

निजगढ ७ योजनाटोलस्थित नेत्रोदय माध्यमिक विद्यालयको परिषरमा दिउँसो ३ः०० बजे फाईनल प्रवेशका लागि सेमिफाइनल खेल हुन लागेको हो ।

नमोवुद्धले आधुनिक युवा क्लबलाई पराजित गरेर सेमिफाइनल प्रवेश गरेको हो भने निजगढ भेट्रान्स क्लबले चौतारा युवा क्लव बी लाई पराजित गरेर सेमिफाइनल प्रवेश गरेको हो ।

यसैबिच बुधबार भएको खेलमा चौतारा युवा क्लव ‘ए’ ले लालीगुराँस युवा क्लव, निजगढ –३ लाई १–० गोल अन्तरले पराजित गरी फाइनल प्रवेश गरेको छ ।

खेलको ५ औं मिनेटमा गोलकिपर टेक बहादुर लामाको प्रहार गरेको गोलकिक सिधै गोलमा परिणत भएको थियो ।

त्यसपछि निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा लालीगुराँसले खेलमा पकड जमायो एकतर्फी दवाब बनायो । चौताराको बलियो रक्षापंक्ती लालीगुराँसले चिर्न सकेन ।

सर्वाधिक गोलकर्ताको सुचिमा रहेका लालीगुराँसका स्ट्राइकर शेखर लोप्चनको प्रहारहरु गोलरक्षक टेक ब.लामाले उत्कृष्ट बचाउ गरेका थिए । चौताराले गरेको १ गोलनै निर्णायक बन्न पुग्यो ।

खेल जितेसँगै चौतारा फाईनल प्रवेश गर्न सफल भयो ।

खेलको म्यान अफ दि म्याच बन्न सफल चौतारा युवा क्लवका गोलरक्षक टेक बहादुर लामालाई समाजसेवी विभा माया पुलामीले ट्रफी प्रदान गरेका थिए ।

nijgadh-supermart-adz1200-630