skip this farak Kura Pravakar

प्रथम निजगढ सिटी स्तरिय तेक्वान्दो च्याम्पियनसिप सुरु

3.16K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढमा प्रथम निजगढ सिटी स्तरिय तेक्वान्दो च्याम्पियनसिप सुरु भएको छ ।

च्याम्पियनसिपको निजगढ नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष स्वर्ण लामाले पानसमा बत्ती बालेर उद्घाटन गरेका छन् ।

स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नारासहित निजगढ–८ स्थित कभर्ड हलमा भोलीसम्म च्याम्पियनसिप सञ्चालन हुनेछ ।

बारा जिल्ला तेक्वान्दो संघको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन गर्दैै वडा अध्यक्ष लामाले तेक्वान्दो खेलको विकास र प्रवद्र्धनका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

उनले निजगढमा फुटबलपछि तेक्वान्दो खेलको प्रचुर सम्भावना रहेको र क्रिकेट खेलले पनि गति लिन लागेको भन्दै खेलकुद र खेलाडीको विकासका लागि विगतदेखि नै स्थानीय सरकारले सहयोग गर्दै आएको बताए ।

प्रतियोगिताहरु खेलाडी र प्रशिक्षकहरुको परीक्षा भएका भन्दै महत्व दिएर खेल प्रदर्शन गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका सदस्य एवं फरक नेपाल डट कमका अध्यक्ष महेश्वरले तेक्वान्दो खेलमा निजगढका खेलाडीले पहिचान स्थापित गरेको भन्दै उत्साहित भएर खेल्न खेलाडीलाई आह्वान गरे । उनले प्रतियोगितालाई सफल पार्न सबैले सहयोग गर्नुपर्ने धारणा राखे ।

त्यसैगरि शसस्त्र प्रहरी बल निजगढका प्रमुख शसस्त्र प्रहरी नायव उपरीक्षक दिनेश शर्माले खेलकुदले शारिरीक र मानसिक विकासमा योगदान गर्ने भन्दै खेलको महत्व भएको बताए । उनले खेलले अनशासन सिकाउने भन्दै प्रतियोगिताहरु सञ्चालनले खेलाडीलाई अवसर प्रदान गर्ने उल्लेख गरे ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक घनश्याम श्रेष्ठ, पत्रकार उमेश घलान लगायतको उपस्थिति रहेको थियो ।

संघका अध्यक्ष नन्दु लामाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत निजगढ नगर कटिटी तेक्वान्दो विकास समितिका अध्यक्ष मानध्वज लामा र सञ्चालन संघका सचिव दिपक खड्काले गरेका थिए ।

च्याम्पियनसिपमा निजगढ र कोल्हवीका एक सय खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत शुक्रबार दुई वटा तौल समूहको प्रतिस्पर्धा भएको छ । जसमा २६ केजी र २४ केजी तौल समुहको खेल भएको हो ।

२६ केजी तौल समुहमा नेत्रोदय तेक्वान्दो डोजाङ्गका समिप गौतम प्रथम, सत्यश्वर तेक्वान्दो डोजाङ्गका साविर लामा दितृय र अर्जन लामा तृतीय भए । नेत्रोदय तेक्वान्दो डोजाङ्गका सेम्बोन स्याङ्यबो तृतीय भए ।
त्यसैगरि २४ केजी तौल समुहमा नेत्रोदय तेक्वान्दो डोजाङ्गका सन्देश थापा मगर प्रथम, विश्वास तिमल्सिना दितृय र सत्यश्वर तेक्वान्दो डोजाङ्गका अविशेक रुम्बा तृतीय र कोल्हवी तेक्वान्दो डोजाङ्गका डेविड कुसवार तृतीय भए ।

प्रतियोगिताको फरक नेपाल डट कम र मधेस प्रवाह साप्ताहिक मिडिया पार्टनर रहेको छ ।

nijgadh-supermart-adz1200-630