skip this farak Kura Pravakar

एकदिवसीय खेलबाट सन्न्यास लिने वार्नरको घोषणा

918 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-अस्ट्रेलियन ब्याट्सम्यान डेभिड वार्नरले करिअरको अन्तिम टेस्टसँगै एकदिवसीय क्रिकेटबाट पनि सन्न्यासको घोषणा गरेका छन्। हाल वार्नरले आफ्नो अन्तिम टेस्ट सिरिज खेलिरहेका छन्।

तर यदि अस्ट्रेलियाले आफ्नो आवश्यकता महसुस गरेमा २०२५ को च्याम्पियन्स ट्रफी खेल्ने उनले ढोका खुला राखेका छन् ।

उनले सोमबार एससीजीमा भने, ‘म पक्कै पनि एकदिवसीय क्रिकेटबाट सन्न्यास लिँदैछु। यो कुरा मैले विश्वकपमा भनेको थिएँ ।’

अहमदाबादमा भारतविरुद्धको विश्वकप फाइनल उनको अन्तिम एकदिवसीय थियो। उनले एकदिवसीय खेलमा २२ शतक सहित ४५.३० को औषतमा ६९३२ रन बनाए ।

उनी पुरुष एकदिवसीयमा अस्ट्रेलियाका लागि छैटौं सर्वाधिक रन बनाउने खेलाडी हुन्। उनी अस्ट्रेलियाका लागि सर्वाधिक एकदिवसीय शतक बनाउने ब्याटरको सूचीमा दोस्रो स्थानमा छ। वार्नरभन्दा २०५ ओडीआई इनिङ्स खेल्ने रिकी पोन्टिङ शीर्ष स्थानमा छन् ।

एकदिवसीय विश्वकपपछि वार्नरले २०२७ सम्म धकेल्ने संकेत दिएका थिए। यद्यपि उनी त्यतिबेलासम्म ४१ वर्षको भइसकेका हुनेछन्। त्यसैले उनले एकदिवसीय खेलबाट संन्न्यास लिएको विश्वास गरिएको छ।

nijgadh-supermart-adz1200-630