skip this farak Kura Pravakar

राष्ट्रपति रनिङशील : ७ स्वर्ण पदकसहित गौरीशंकर मावि निजगढ ८ प्रथम (फोटोफिचर)

1.61K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–निजगढ नगरस्तरिय तेस्रो राष्ट्रपति रनिङशील प्रतियोगिता अन्तर्गत शुक्रबार भएको तेक्वान्दो खेलको नतिजा सार्वजनिक भएको छ ।

निजगढ–८ स्थित जिल्ला कर्भड हलमा भएको प्रतिस्पर्धामा ६ विद्यालयका ६२ जना खेलाडी सहभागि थिए ।

महिला र पुरुषको छुट्टाछुट्टै १२ वटा तौल समुहमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिस्पर्धामा ७ स्वर्ण पदकसहित गौरीशंकर मावि निजगढ ८ प्रथम भएको छ । उसले ७ रजत र ६ कास्य पदक समेत जितेको छ ।

५ स्वर्ण पदकसहित नेत्रोदय माध्यमिक विद्यालय दोस्रो भएको छ । उसले एक रजत र एक कास्य पदक पनि जितेको छ ।

त्यसैगरि तीन रजत र तीन कास्यसहित गौरीशंकर मावि सडकटोल तेस्रो भएको छ ।

स्वर्ण पदक जित्ने खेलाडीहरुले जिल्ला स्तरिय राष्ट्रपति रनिङशीलमा भाग लिनेछन् ।

यसैविच प्रतिस्पर्धामा विजयी भएका खेलाडीलाई एक कार्यक्रम विच मेडल तथा प्रमाणपत्र वितरण गरिएको छ ।

कार्यक्रममा निजगढ नगरपालिकाका मेयर सुरथ पुरी, उपमेयर सोममाया थिङले मेडल तथा प्रमाणपत्र वितरण गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पुरीले खेलकुदमा तेक्वान्दो खेलको विशेष भूमिका रहेको बताएका छन् । उनले नेपाललाई विश्व खेलमा जिताउन तेक्वान्दो खेलाडीको स्थान रहेको बताउँदै नियमित अभ्यास हुने एक मात्र खेल भएकाले सफलता प्राप्त भईरहेको जनाए ।

त्यस्तै उपमेयर थिङले निजगढलाई पहिचान दिलाउन तेक्वान्दो खेलाडीले अझैं मेहनत गरेर खेल्न सुझाव दिईन् । उनले खेललाई नियमित आयोजना गर्ने कार्यमा सहयोग गर्ने बताउँदै अनुशासन कायम गरेर अघि बढ्न खेलाडीलाई प्रेरित गरिन ।

कार्यक्रममा गौरीशंकर माध्यमिक विद्यालय निजगढ ८ का अध्यक्ष रविकुमार बर्तौला, प्रधानाध्यपक बन्द्रिनारायण झा, गौरीशंकर माध्यमिक विद्यालय सडकटोलका प्रधानाध्यपक यादवकुमार तिमल्सिना, नेत्रोदय माध्यमिक विद्यालयका शिक्षक रोहित खड्का, पत्रकार महेश्वर अधिकारी, राष्ट्रिय प्रशिक्षक हेमलाल श्रेष्ठ, नवतारा साकोसका अध्यक्ष शुसिल मैनाली लगायतको उपस्थित रहेको थियो ।

बारा जिल्ला तेक्वान्दो संघका अध्यक्ष चित्रबहादुर लामा नन्दुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दिपककुमार खड्काले गरेका थिए ।

थप तस्वीरहरु :

 

nijgadh-supermart-adz1200-630