skip this farak Kura Pravakar

किसानकाे हित र समस्या सामधानका लागि नगरपालिका सधैं सकारात्मक छाैं : मेयर पाैडेल

औराहा पशुपालन कृषि सहकारी संस्थाकाे साधारण सभा सम्पन्न

780 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा- बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका-४ अैाराहामा रहेको औराहा पशुपालन कृषि सहकारी संस्था लि. काे १५ अैा साधारण सभा सम्पन्न भएको छ।

साधारणसभाकाे जीतपुरसिमरा उपमाहानगरपालिकाका प्रमुख राजन पाैडेलले सप्तरंगी मैनबत्ती बालेर उद्घाटन गरेका थिए ।

उद्घाटन समाराेहमा मेयर पौडेलले किसानकाे हित र समस्या सामधानका लागि नगरपालिका सधैं सकारात्मक रहेको बताएका छन्

उनले दूध तथा दुधजन्य पदार्थको खपत बढाउन आवश्यक उत्पादन गर्ने सहकारी र कृषकहरूसँग सधैं हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्वता जनाए ।

कार्यक्रममा उपमेयर भाेला अधिकारी, सहकारीकर्मी काेपिला सिम्खडा र पुर्णचन्द्र तिमल्सिनालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभाले अध्यक्ष, काेषाध्यक्ष र आन्तरिक लेखासमिति संयाेजक द्वारा प्रस्तुत प्रतिवेदनमा रचनात्मक सुझाव सहित संस्थाकाे आर्थिक बर्ष २०७९/२०८० काे आन्तरिक तथा बाह्य लेखाप्रतिवेदन सर्वसहमत रुपमा अनुमाेदन गरिएको थियोे ।

संस्थाकाे साधारणसभाले आ.ब. २०८०/०८१ काे अनुमानित आयब्याय समेत सुझाव सहित अनुमाेदन गरेको थियोे ।

संस्थाको १५ओैं साधारण सभाले आ. ब. २०७९/०८० मा सेयर सदस्यहरुलाई ५% लाभांश वितरण गर्ने प्रस्तावलाई पनि सर्वसहमत रुपमा अनुमाेदन गरेको थियोे ।

संस्थाका अध्यक्ष मदनबहादुर क्षेत्रीकाे सभाअध्यक्षतामा भएको कार्यक्रमकाे सञ्चालन संस्थाका सचिव विनोद सापकोटाले गरेका थिए ।

रिक्त पदमा निर्वाचित

संस्थाको कार्यसमिति र लेखासमितिमा रिक्त रहेको पदमा कार्यसमितिमा चन्द्रा पाैडेल, लिला खड्का पाैडेल र उर्मिला भण्डारीलाई उपनिर्वाचन मार्फत निर्वाचित गरेको थियोे भने लेखासमिती सदस्यमा सीता के सीलाई निर्वाचित गरिएको थियोे ।

nijgadh-supermart-adz1200-630