८ नम्बर वडा कार्यालयले तयारी थालेपछि निजगढ नगरपालिकाले विश्वकपकाे `लाईभ´ देखाउन पत्र

वि.सं.२०८१ जेठ २२ मंगलवार २१:०४

बारा-बाराकाे निजगढ नगरपालिकाले सबै वडालाई आईसीसी टी–२० विश्वकप २०२४ काे प्रत्यक्ष प्रशारणकाे व्यवस्था मिलाउन पत्रचार गरेकाे छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बतौंलाले मंगलबार साँझ वडा कार्यालयहरु सबैलाई पत्रचार गर्दै विश्वकपमा नेपालले समेत सहभागिता जनाएकोले नेपाली टोलीले प्रतिष्पर्धा गर्ने खेलको अवधिभर आ-आफ्नो वडाको उपर्युक्त स्थानमा खेलको प्रत्यक्ष प्रशारण देखाउने व्यवस्था मिलाई नेपाली टोलीको हौसला बढाउनु हुन अनुरोध गरेको छन् ।
नेपालले आईसीसी टी–२० विश्वकप २०२४ मा मंगलबार नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा ९ : १५ मा ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ ।
यता ८ नम्बर वडा कार्यालयले भने दिउँसोदेखि प्रत्यक्ष प्रशारण देखाउने तयारी थालेकाे थियाे । वडा कार्यालयले बुद्ध चाेकमा प्रशारण देखाउँदैछ ।
त्यसैगरि वडा नं. ६ ले सडक टाेलमा प्रशारण देखाउने भएको छ ।

वि.सं.२०८१ जेठ २२ मंगलवार २१:०४