प्रथम लाेसहण्डा गोल्डकप : चन्द्रपुर एफसीलाई पराजित गर्दै आयाेजक सेमिफाइनलमा प्रवेश
वि.सं.२०८१ जेठ २० आइतवार २१:५८
बारा-बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका-८ मा जारि प्रथम लाेसहण्डा गोल्डकपको दोश्रो दिनको खेलमा आयोजक सनराइज युथ क्लब बिजयी भएको छ ।
आइतबार भएको खेलमा आयोजक सनराइज युथ क्लबले पेनाल्टीमा चन्द्रपुर एफसी बिरुद्ध ४-३ को जीत निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलको पहिलो हाल्फको २२ औं मिनेटमा चन्द्रपुरका आशिक चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो ।
आयोजक सनराइज युथ क्लबले गोलको लागि थुप्रै मौका बनाए पनि चन्द्रपुरका गोल रक्षकले गोल बचाउ गरे पछि आयोजक निराश बनेको थियो ।
खेलको अन्तिममा सनराईज युथ क्लबका लागि जर्सी नम्बर ३ का खेलाडी समिन क्षेत्रीले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।
निर्धारित समयमा दुवै टिमले बराबरी गोल गरे पछि खेलको अन्तिम नतिजाको लागि खेल रोमाञ्चक मोडमा पुगेको थियो ।
पेनाल्टीमा सनराइज युथ क्लबले ४ गोल गरेको थियो भने चन्द्रपुर एफसीले ३ गोल गर्न मात्र सफल भएपछि आयोजकले आफ्नो पहिलो खेलमै बिजयी सुरुवात गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
आयोजक सनराइज युथ क्लबका समिन क्षेत्री म्यान अफ द म्याच घोषित भए भने उनलाई स्याण्ड वाशका संचालक कुमार लामाले नगद १५ सय सहित मेडल र शिल्ड प्रदान गरेका छन् ।
जेठ १९ गते देखि सुरु भएको प्रथम लोसहण्डा गोल्डकप जेठ २६ गते सम्म संचालन हुने छ ।
बिजेताले नगद ८० हजार र उपविजेताले नगद ४० हजार पुरस्कार पाउने सनराइज युथ क्लबका अध्यक्ष बन्दन चौधरीले बताए ।
सोमबार वनशक्ति युवा क्लब सिद्वपुर र पर्सागढी युवा क्लब बढ्निहार बीच हुनेछ ।
वि.सं.२०८१ जेठ २० आइतवार २१:५८