skip this farak Kura Pravakar

कलैया उपमहानगरपालिका वडा नं.१ मा तेक्वान्दो खेलाडीलाई खेल सामाग्री सहयोग

975 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा—कलैया उपमहानगरपालिका वडा नं. १ मा तेक्वान्दो खेल विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले खेलकुद सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा उपमेयर रौशन प्रबिन, वडा नं. १ का वडा अध्यक्ष मोहन बहादुर क्षेत्री, नगर खेलकुद विकास समिति संयोजक एम. समिउल्ला र सचिव शैलेश मण्डलको विशेष उपस्थितिमा तेक्वान्दो खेलाडीहरूलाई आवश्यक सामग्री वितरण गरिएको हो ।

उक्त कार्यक्रमले स्थानीय युवा र खेलाडीहरूमा तेक्वान्दो खेलप्रति रुचि र उत्साह थप बढाउने अपेक्षा गरिएको छ। नगरपालिकाले आगामी दिनहरूमा अन्य खेलहरूलाई समेत समान प्राथमिकतासाथ प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ ।

चेस्ट प्यान्ड ४ वटा, हेड गार्ड ४ वटा, सिनो गार्ड, ४ वटा, ग्वाईन गार्ड ४ वटा र किक प्याड ६ वटा सहयाेग भएको बरेवा तेक्वान्दो डेाजाङ प्रशिक्षक मुक्ति यादवले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630