skip this farak Kura Pravakar

असार १८ लाई ताेकिएकाे जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभाको दोस्रो बैठक स्थगित

1.61K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आयोजना गर्न लागेको नगरसभाको दोस्रो बैठक स्थगित गरिएको छ ।

उपमहानगरपालिकाले एक सूचना प्रकाशित गर्दै २०७५ सालको नगरसभा सञ्चालन नियमावली अन्तर्गत नियम ३ को उपनियम (६) बमोजिम यसअघि आह्वान गरिएको नगरसभाको दोस्रो बैठक स्थगित गरिएको जानकारी दिएको हो ।

स्मरण रहोस्, उक्त बैठक २०८२ साल असार १८ गते बुधबार बिहान ९:०० बजे सिमरा स्थित क्लासिक प्लाजा होटलमा सञ्चालन हुने तय गरिएको थियो । तर नगर प्रमुखस्तरीय निर्णयअनुसार बैठक स्थगित गरिएको प्रशासनले जनाएको छ ।

उक्त निर्णय प्रमुख प्रशासकीय अधिकृत शान्तराज प्रसाईँद्वारा हस्ताक्षरित सूचनामार्फत सार्वजनिक गरिएको हो ।

यसअघि ९ असारमा बसेकाे पहिलो बैठक समेत सुरु गरेर स्थगित भएको थियाे । कार्यपालिका बैंठकले नगर सभा बैठककाे लागि एजेन्डा पारित नगरेपछि मेयर राजन पाैडेलले पहिलो बैठक स्थगित गर्दै १८ असारलाई दाेस्राे बैठक आह्वान गरेका थिए ।

nijgadh-supermart-adz1200-630