कोल्हवीमा सञ्चालित दोस्रो खुल्ला नकआउट फुटबलको उपाधि रौतहटले उचाल्यो
वि.सं.२०८२ कात्तिक ८ शनिवार २२:२७

बारा–श्री मान सि बाबा युवा क्लब रमपुर्वाद्वारा संचालित दोस्रो खुल्ला नक आउट फुटबल प्रतियोगिताको उपाधि पानस युवा क्लब बनबहुअरी रौतहटले जितेको छ ।
रामपुर्वा खेल मैदानमा प्रतियोगिता अन्तर्गतको शनिबार भएको फाइनल खेलमा बनबहुअरी क्लब २–१ गोल अन्तरले बिजयी भएको हो ।
प्रतियोगिताको बिजेता टिम बनबहुअरीले ३० हजार राशीसहित शिल्ड, मेडल र प्रमाणपत्र र उपबिजेता आयोजक टिम रमपुर्वाले नगद १५ हजार राशी, शील्ड मेडल र प्रमाणपत्र प्राप्त प्राप्त गरेको छ ।
प्रतियोगिताको बिजेता टिमलाइ कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले पुरस्कार वितरण गरेका थिए ।
त्यसैगरि उपबिजेता टीमलाइ कोल्हबी न .पा.वडा न ११ का वडा सदस्य चन्दू प्रसाद चौधरीले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा बेस्ट गोलकिप्पर बन बहुअरीका करण थापा, बेस्ट डीफेन्डर आयोजका निरन्जन चौधरी, बेस्ट फरवार्ड बनबहुअरीका समीर थापा, बेस्ट मिड फिल्डर आयोजक टिमका सन्देश चौधरी घोषित भएका छन् ।
यसअघि प्रतियोगिता समापन कार्यक्रमलाई सम्बोधन गर्दै कोल्हवी नगर प्रमुख चौधरीले खेलकूद स्वास्थको लागी, राष्ट्रको लागी र आफ्नो पहिचानको लागी भएकोले युवाहरु खेल प्रति आकर्षित भएको बताएका छन् ।
समापन समारोहमा कोल्हबी न.पा वडा न. ११ का समाज सेवी माहाराज चौधरी, देवकी राम, इलाका प्रहरी कोल्हबीका प्रमुख रंजन मिश्र, स्थानीय सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
वि.सं.२०८२ कात्तिक ८ शनिवार २२:२७
















