चार खेलाडीमा संक्रमण देखिए खेल स्थगित !
वि.सं.२०७८ माघ १३ बिहीवार ०७:०७
Manchester United's Portuguese midfielder Bruno Fernandes (C) jumps to win a header during the English Premier League football match between Chelsea and Manchester United at Stamford Bridge in London on February 17, 2020. - Manchester United won the game 2-0. (Photo by Adrian DENNIS / AFP) / RESTRICTED TO EDITORIAL USE. No use with unauthorized audio, video, data, fixture lists, club/league logos or 'live' services. Online in-match use limited to 120 images. An additional 40 images may be used in extra time. No video emulation. Social media in-match use limited to 120 images. An additional 40 images may be used in extra time. No use in betting publications, games or single club/league/player publications. /
काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण तीव्र बने पनि खेलकुद क्षेत्र चलायमान छ । तर, खेलाडीमा संक्रमण देखिएपछि कतिपय क्लबले पुरै खेल गुमाउनुपर्ने बाध्यता छ ।
इंग्लिस प्रिमियर लिग फुटबलमा भने चार खेलाडीमा कोरोना संक्रमण देखिएमा क्लबले खेल स्थगितको लागि निवेदन दिन पाउने भएको छ ।
बुधबार कोभिडको नयाँ प्रोटोकल सार्वजनिक गर्दै प्रिमियर लिगले चार खेलाडीमा कोभिड देखिए खेल स्थगितको निवेदन दिन सक्ने मापदण्ड बनाएको हो ।
लिगले यो नियम फेब्रुअरी ५ बाट लागु हुनेछ। खेलाडीमा संक्रमण पुष्टि भएको निवेदन अनुसार प्रिमियर लिगले खेल स्थगित गर्ने सम्बन्धमा निर्णय गर्नेछ ।
खेलाडीमा संक्रमण हुँदा खेल प्रभावित हुनेक्रम बढेपछि लिगले यस्तो स्वास्थ्य मापदण्ड ल्याएको हो ।
वि.सं.२०७८ माघ १३ बिहीवार ०७:०७

















