लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा फेकाेफनकाे माइतीघरमा सडक नाटक (भिडियो)
पर्फमेन्स आर्ट प्रस्तुत

वि.सं.२०७९ मंसिर ११ आइतवार १५:०७

काठमाडौं-काठमाडौंकाे माइतीघरमा सामुदायिक वन उपभोक्ता महासंघ (फेकाेफन) ले जनचेतना कार्यक्रम गरेकाे छ ।
आभा फर क्रियटिभीटिसंगकाे सहकार्यमा सडक नाटक प्रस्तुत गर्दै महिला हिंसाकाे अत्यकाे लागि १६ दिने अभियान लक्षित कार्यक्रम गरिएको हाे ।
कार्यक्रममा फेकाेफनकी केन्द्रीय अध्यक्ष भारती पाठक, महासचिव विर्खबहादुर शाही, काेषाध्यक्ष पार्वता गाैतम, सचिव ठाकुर भण्डारी लगायत सहभागी थिए ।
कार्यक्रममा आभा फर क्रियटिभीटिका राजु झल्लुप्रसादले कविता बाचन गरेका थिए ।
फेकाेफनका सचिव भण्डारीले संस्थाले निरन्तर रुपमा अभियान सञ्चालन गर्दै आएकाे भन्दै ३६५ दिन नै अभियान आवश्यक रहेकाे बताए ।
पर्फमेन्स आर्ट प्रस्तुत
‘सभ्य समाजको पहिचान : लैंगिक हिंसाविरुद्धको अभियान’ नारासहित आयोजना गरिएको उक्त कार्यक्रममा राजु झल्लु, प्रभात तिमिल्सिना, पूर्णिमा गिरी, सुष्मा तिमिल्सिनना, मनिषा श्रेष्ठ, सुरज पराजुलीसहितका कलाकारको प्रस्तुती थियो ।
फोटोहरु :
हेर्नुस् भिडियो

वि.सं.२०७९ मंसिर ११ आइतवार १५:०७