skip this

आइतबार सार्वजनिक बिदा (सूचनासहित)

1.72K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । महोत्तरीको एक पालिकाले परिक्रमामा सहभागी भएका श्रद्धालु भक्तजनलाई स्वागत गर्नका लागि एक दिने बिदाको घोषणा गरेका छन् ।

मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत चौथो दिन महोत्तरीको मटिहानीमा परिक्रमाको यात्री टोली पुग्ने भएकोले आइतबार बिदा दिएको मटिहानी नगरपालिकाले शनिबार एक सूचना जारी गर्दै घोषणा गरेका हुन् ।

१५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा चौथो दिन आइतबार मटिहानीमा विश्राम गर्ने हुँदा मटिहानी नगरमा सार्वजनिक बिदा दिएको नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए ।

धनुषाको कचुरीबाट डोलासहित परिक्रमा यात्रीहरू हनुमान गढीमा प्रस्थान पछि मिथिला परिक्रमा आरम्भ भएको मानिन्छ । त्यसपछि कल्याणेश्वर हुँदै शनिबार परिक्रमा यात्रीहरू फुलहर पुगेका छन् ।

आइतबार मटिहानी हुँदै जलेश्वर, मडई, ध्रुवकुण्ड, कन्चनवन, क्षीरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), औरही, करुणा, बिसौल र पुनः कल्याणेश्वर हुँदै फागुन पूर्णिमाको दिन जनकपुर फर्कन्छ र नगरको पाँचकोशे अन्तर्गृह परिक्रमा गरी समाप्त हुनेछ ।

nijgadh-supermart-adz1200-630