‘चुनाब हारियो भनेर घरमै बसिएन, हारेपनि जनताको सेवा गरे’-सुशिला बस्नेत
वि.सं.२०७९ वैशाख १८ आइतवार २३:१५

काठमाण्डौं । बैशाख ३० मा हुन गईरहेको स्थानीय तह निर्वाचनमा कीर्तिपुर नगरपालिकाको उपमेयर पदको उम्मेदवारका रुपमा पुनः सुशिला बस्नेतलाई दोहो¥याएको छ ।
नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी) नगर कमिटीको इन्चार्ज समेत रहेकी बस्नेत गत २०७४ को स्थानीय तहको निर्वाचनमा समेत उपमेयर पदको उम्मेदवार थिईन् ।
निर्वाचमा प्रतिस्पर्धा गरेपछि कोही विजयी र कोही पराजित हुन्छन् नै । निर्वाचनमा जनताको घरदैलोमा पुग्ने उम्मेदवारहरु पराजित भएपछि वेपत्ता हुने गर्छन् । जिते उम्मेदवार समेत जनतालाई फर्केर हेर्दैनन् भन्ने आम गुनासो छ ।
महिला नेतृ बस्नेत भने निर्वाचनमा पराजित भएपनि जनताको सेवमै तल्लिन भएको बताउँछिन् । पार्टी विभाजनको कारण हार बेर्नुपनु परेको अनुभव सुनाउने नेतृ बस्नेत जनताबाट पाएको मतको सम्मान गर्दै उनीहरुको सेवामा खटिरहेको बताउँछिन् ।
मैले त्यसैबेला चुनाव जितेपनि हारेपनि म जहिल्यै तपाईँहरूको साथमा रहने छु भनेको थिएँ । मैले जनतासँग गरेको प्रतिज्ञा पाँच वर्षसम्म निरन्तरता दिएँ । विकास निर्माणका काममा ध्यान दिएँ । निर्वाचित जनप्रतिनिधिसंग सहकार्य गरेर सडक, शिक्षा जस्ता विभिन्न कामको नेतृत्व गर्दै फिल्डमा आफै खटिएको छु ।
यसैको परिणाम स्वरुपम मलाई पार्टीले विश्वास ग¥यो । मलाई पुनः टिकट दिएको छ । जनप्रतिनिधि बनेर जनताको सेवा गर्ने अवसर पाउने विश्वास लिएको छु ।
वि.सं.२०७९ वैशाख १८ आइतवार २३:१५

















