skip this

नवनारी वेष्ट फेसन डिजाइनर अवार्ड गोमा अधिकारीले पाईन

2.42K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं–फेसन डिजाइनर गोमा अधिकारी नवनारी वेष्ट फेसन डिजाइनर अवार्डबाट सम्मानित भएकी छिन् ।

 

नवनारी मिडिया एण्ड रिसर्च प्रा.लिको आयोजनामा काठमाण्डौंको न्यू बानेश्वरस्थित इन्द्रेणी फुडल्याणमा आयोजित तीज विशेष कार्यक्रम २०७९ मा सहरी विकास मन्त्री मेटमणी चौधरीले फेसन डिजाइनर अधिकारीलाई अवार्ड वितरण गरेका हुन् ।

 

उनी विगत ६ वर्षदेखि बाटिका क्रियसन नामक बुटिकमार्फत् फेसनको क्षेत्रमा छिन् । औपचारिक फेसन डिजाइन कोर्ससहित यो क्षेत्रमा होमिएकी गोमा यसअघि सौन्दर्य प्रतियोगिता आयोजना गर्दथिन् । उनी प्रतियोगीका लागि ‘ड्रेस डिजाइन’ गर्थिन् ।

कार्यक्रममा कलाकार कला लम्साल, शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, राधिका हमाल, चन्दा अर्याल, बालचन्द्र बराल, रितु कंडेल, अन्जु श्रेष्ठ, सिन्धु मल्ल लगायतले प्रस्तुती दिएका थिए ।

nijgadh-supermart-adz1200-630