skip this

टिकटक र युट्यूब आकर्षणले फेसबुक प्रयोगकर्ता घटे !

1.56K shares
oil-nigam-amlekhgunj-adv.jpeg

एजेन्सी । सामाजिक संजाल फेसबुकको प्रयोगकर्ता घटेका छन् । शुक्रबार १८ वर्षको वार्षिकोत्सव मनाएको फेसबुकको प्रयोगकर्ता पहिलो पटक घटेको हो ।
कम्पनीका अनुसार सन् २००४ को फेब्रुअरी ४ मा स्थापना भएको फेसबुकको प्रयोगकर्ता पहिलो पटक घटेका हुन् ।
फेसबुकको मूल कम्पनी मेटा नेकवर्क (पहिले फेसबुक भनेर चिनिने) का अनुसार सन् २०२१ को अन्तिम त्रैमासिकमा फेसबुकको दैनिक सक्रिय प्रयोगकर्ता १९३ करोडबाट घटेर १९२ दशमलव ९ करोड भएको छ। तर, कम्पनीको लागि १० लाख प्रयोगकर्ता घट्नु सामान्य हो ।
पछिल्लो १८ वर्षमा पहिलो पटक प्रयोगकर्ता घट्न सुरु भएको हो। प्रयोगकर्ता घटेको खबर सार्वजनिक भएपछि कम्पनीको सेयर लगानीमा २७ प्रतिशतले कमी भएको छ ।
योसँगै कम्पनीको बजार मूल्य झण्डै २३७ अर्ब डलर घटेको छ। अमेरिकामा एकै दिनमा कुनै पनि कम्पनीको सेयरमा यो अङ्कले कमी आएको पहिलो पटक हो ।
पछिल्लो समय टिकटक र युट्यूवमा युवाको आकर्षण बढेपछि फेसबुक प्रयोगकर्ता घटेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

 

nijgadh-supermart-adz1200-630