skip this farak Kura Pravakar

बजेट भाषण : आईटी कम्पनीलाई निःशुल्क कार्यालय उपलब्ध गराउने सरकारको घोषणा

963 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ – सरकारले सूचना प्रविधिसम्बन्धी कम्पनीलाई निःशुल्क कार्यालय उपलब्ध गराउने घोषणा गरेको छ । काठमाडौँ र बुटवलमा सरकारी भवनलाई सूचना प्रविधि पार्क बनाउने र त्यहाँ आईटी कम्पनीहरूलाई तीन वर्षसम्म निःशुल्क वर्कस्टेसन बनाउने घोषणा बजेटमार्फत गरिएको हो ।

ती आईटी पार्कमा आईटी उद्योगका लागि सबै किसिमको पूर्वाधार उपलब्ध हुने पनि बजेटमा घोषणा गरिएको छ । सरकारले बागमती प्रदेशलाई सूचना प्रविधि प्रदेश बनाउने बजेटमा घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।

nijgadh-supermart-adz1200-630