कार दुर्घटनामा अभिनेत्री गायत्रीको मृत्यु
वि.सं.२०७८ चैत ७ सोमवार १५:३०
1.42K
shares

काठमाडौं। तेलुगुकी लोकप्रिय अभिनेत्री गायत्री अर्थात् डोली डिक्रुजको कार दुर्घटनामा मृत्यु भएको छ । उनी वेब सिरिज ‘मेडम सर मेडम अन्ते’बाट लोकप्रिय भएकी थिइन् ।
गायत्री आफ्ना साथीहरूका साथ कारमा घर आइरहेकी थिइन् । उनको कार हैदराबादको गच्चीबोली क्षेत्रमा दुर्घटना भएको थियो । गायत्रीको घटनास्थलमै मृत्यु भएको थियो ।
समाचारअनुसार कार गायत्रीकी साथीले चलाएकी थिइन् । तर कार डिभाइडरमा ठोक्किएपछि नियन्त्रण बाहिर गयो । दुर्घटनामा गायत्रीसँगै उनको साथीको पनि निधन भएको छ ।
स्थानीयले गायत्रीसहित उनका साथीलाई अस्पताल पु¥याए पनि उनीहरूलाई मृत घोषणा गरिएको थियो ।
वि.सं.२०७८ चैत ७ सोमवार १५:३०
















