skip this

निजगढमा भयानक दुर्घटना ! बसले ठक्कर दिएको मोटरसाईल इरिक्सामा र इरिक्सा अटोमा ठोक्दिा एकको मृत्यु

ग्यारेजका मिस्त्रिको दुर्घटनामा ज्यान गयो

6.29K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–पूर्वपश्चिम राजमार्ग अन्तगर्त बाराको निजगढमा मोटरसाईकल दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ ।

निजगढ बजारको लच्का नजिकै बससंग मोटरसाईकल ठोक्किदा भएको दुर्घटनामा परि दुर्घटनामा मोटरसाइकल चालक कोल्हबी नगरपालिका ३ जुगवाका २० वर्षिय दिनेश चौधरीको घटनास्थलमै मृत्युु भएको हो ।

निजगढ ८ स्थित श्री बाबा एनकेडी ग्यारेजबाट मर्मत गरेर जाँचका लागि निस्किएका ग्यारेजका मिस्त्रीले चलाएको ना. ६३ प ८४४७ नम्बरको मोटरसाइकललाई नारायणगढबाट धरानतर्फ जाँदै गरेको प्र.१–०२–००१ ख ९७९३ नम्बरको बसले ठक्कर दिएको हो ।

बसले ठक्कर दिएपछी चौधरीले चलाएको मोटरसाइकल ना३स ९२३७ नम्बरको इरिक्सामा ठोक्किन पुगेको थियो । मोटरसाइकलले ठक्कर दिएपछि अनियन्त्रित भएको उक्त इरिक्सा प्र २–०३–००१ ह १०६६ नम्बरको अटोसंग ठोक्किएको थियो ।

रिक्साको ठक्करबाट अटो चालक निजगढ १२ लालका २४ वर्षीय सुकराम बोम्जन, अटोमा सवार सोही ठाँउका २२ वर्षीय सानतेन लामा र जीतपुरसिमरा १६ का २१ वर्षीय कुलबहादुर थिङ घाइते भएका छन् । घाइतेमध्ये लामालाई निजगढबाट थप उपचारका लागि वीरगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बस चालक सिरहा १२ का अजय ठाकुरलाई नियन्त्रणमा लिएको छ ।

nijgadh-supermart-adz1200-630