१४ औं जगदम्बा स्टिल जीतपुरसिमरा गोल्डकप चैत्र २४ बाट हुने

वि.सं.२०८० चैत १८ आइतवार २२:१९

बारा–जगदम्बा स्टिल जीतपुरसिमरा गोल्डकपको १४ औं संस्करण आगामी चैत्र २४ देखि शुरु हुने भएको छ ।
आइतबार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक नव जन जागृती युवा क्लबले प्रतियोगिताबारे जानकारी दिएको हो ।
सिमरा रङ्गशालाको फ्लड लाइटमा आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा डिफेण्डिङ च्याम्पियनचर्च ब्वाईज युनाईटेड, त्रिभुवनआर्मी, नेपालपुलिस क्लब, फ्रेण्ड्स क्लब र मच्छिन्द्र क्लब गरी ‘ए’ डिभीजनका पाँच टिम सहभागि हुनेछन् ।
सशस्त्र प्रहरीको विभागीय क्लब एपिएफ, मकवानपुर ११ हेटौंडा, वीरगञ्ज युनाईटेड क्लब बीरगञ्ज, सिराहाको सहलेश युवा क्लब र आयोजक नव जनजागृती युवा क्लब सहित १० टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।
प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् भने विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान २५ हजार तथा स्थानीय उदयमान खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफदिम्याचले रु. १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष लामाले जानकारी दिए ।
रात्रीकालीन फुटबलमा दर्शकको आकर्षण बढाउन गत बर्षबाट फुड फेस्टिभल समेत शुरु गरेको आयोजकले यस बर्ष पनि होटल तथा पर्यटन व्यवसायी संघ बारासंगको सहकार्यमा फुटलबसंगै फुड फेस्टिभललाई निरन्तरता दिने जनाएको छ ।

वि.सं.२०८० चैत १८ आइतवार २२:१९