skip this farak Kura Pravakar

एसईई शैलीमा जीतपुरसिमराले निकाल्याे आधारभूत तहकाे नतिजा, कुन विद्यालयकाे अवस्था कस्ताे ?

नतिजा व्यापक सुधार

3.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकाले आधारभूत तहकाे परीक्षाकाे नतिजा प्रकाशन गरेकाे छ ।

आधारभुत तहकाे शिक्षा सुधारमा केन्दित बनेकाे उपमहानगरपालिकाले परीक्षा सञ्चालनदेखि नतिजा प्रकाशनलाई समेत उच्च महत्त्व दिएको छ ।

एसईई परीक्षाकाे शैलीमा नतिजा प्रकाशन गरिएको छ । नतिजा हेर्न उपमहानगरकाे वेबसाइटदेखि क्युआर समेत सार्वजनिक गरिएको छ ।

मार्कसिट

प्रकाशित नतिजा अनुसार सामुदायिक विद्यालयतर्फ सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकि सुरुतीकुमारी ३.९६ जीपिए, सखुवाघाटस्थित जनजागृती माध्यमिक विद्यालका अनुश अधिकारीले ३.८३, त्यस्तै सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका कृष्ण रानाभाट ३.८३ जिपीएसहित सर्वाेकृष्ट भएका छन् ।

संस्थागततर्फ डुमरवानास्थित राष्ट्रिय विभुती सामुदायिक शिक्षा सदनकि अस्मिता गुरुङले ४ जिपीए, सिमरास्थित ब्राईटर एकेडेमीकी माेबिका सिंह ४ जिपिए, ब्राईटरकै ईशान्त रेग्मीले ४ जिपीएसहित सर्वाेत्कृष्ट भएका छन् ।

नतिजा सुधार

गत वर्षदेखि आधारभुत तह कक्षा ८ काे परीक्षा सञ्चालन गर्दै आएको छ । अघिल्लो परीक्षाकाे नतिजाभन्दालाई सुधार गरेकाे छ ।

९ कक्षा भर्ना हुन याेग्य एक हजार १७ ले श्रेष्णी प्राप्त गरेका छन् भने एक हजार दुई सय ५१ जना श्रेष्णी विहिन भएका छन् । याे कुल नतिजाकाे ४४.४८ प्रतिशतले श्रेष्णी प्राप्त गरे । परीक्षामा २ हजार २ सय ६८ जना सहभागी थिए ।

अघिल्लो वर्ष याे प्रतिशत २५ हाराहारीमा थियाे ।

हेर्नुस् यस्तो छ नतिजा

nijgadh-supermart-adz1200-630