skip this farak Kura Pravakar

जाजरकोटको जंगलमा मृत अवस्थामा एक महिलाको शव फेला

1.15K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । जाजरकोटको नलगाड नगरपालिका १ की ४२ वर्षीया भगवति शाही घर नजिकैको जंगलमा मृत अवस्थामा फेला परेकी छन् । शव सडेको र गन्हाउन थालेपछि गाँउलेले प्रहरीलाई खवर गरेका थिए। मृतकको घर र शव ५० देखि एक सय मिटरको दुरीमा रहेको छ। शवको प्रकृति हेर्दा ती महिलाको मृत्यु वा हत्या एक हप्ताअघि नै भएको प्रहरीको अनुमान छ।

प्रहरीले अनुसन्धानकै सिलसिलामा मृतकका पति लेकबहादुर नेपालीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । हाल सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको र अनुसन्धानपछि सत्यतथ्य केही दिनमै सार्वजनिक गर्ने उनले बताए। शव गन्हाउने अवस्थासम्म पुग्दा पनि कुनै खोजतलास नगर्नु र प्रहरीलाई पनि खवर नगर्नुले हत्यामा पतिकै संलग्नताको आशंका गरिएको छ।

nijgadh-supermart-adz1200-630