skip this farak Kura Pravakar

धरान उपमहानगरपालिकाको बजेट एक अर्ब ६८ करोड

1.41K shares
oil-nigam-amlekhgunj-adv.jpeg

सुनसरी- सुनसरीको धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु एक अर्ब ६८ करोड ५८ लाख २३ हजार बजेट, नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गरेको छ ।

धरानको ११औँ नगरसभामा उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले बजेट प्रस्तुत गरेका हुन् । कूल बजेटमध्ये चालूतर्फ रु ८३ करोड ३७ लाख ७२ हजार ४४२ र पूँजीगतर्फ रु ८१ करोड ९५ लाख ५० हजार ५५८ र वित्तीय व्यवस्थातर्फ रु तीन करोड २५ लाखको बजेट विनियोजन गरिएको उनले बताए

आन्तरिक राजस्वबाट रु २५ करोड, संस्थागत आन्तरिक अनुदान रु पाँच करोड २० लाख, सङ्घीय सरकारबाट रु ८३ करोड चार लाख, प्रदेश सरकारबाट रु तीन करोड ५० लाख ७० हजार, सङ्घीय राजस्व बाँडफाँटबाट रु २० करोड ५३ लाख ४५ हजार, प्रदेश राजस्व बाँडफाँटबाट रु २० करोड र अपुग हुने रु ११ करोड ३० लाख आठ हजार नगद मौज्दात परिवर्तनबाट स्रोत व्यवस्थापन गरिने उपप्रमुख बेघाले बताए ।

धरान उपमहानगरले खानेपानी, पूर्वाधार विकास, पर्यटन, कृषि, शिक्षा स्वास्थ्य तथा सामाजिक विकास र विपद् व्यवस्थापनलाई प्राथामिकतामा राखेर बजेट विनियोजन गरेको उपप्रमुख बेघाले जानकारी दिए ।

धरान उपमहानगरपालिकाका उप प्रमुख उपप्रमुख अइन्द्रविक्रम बेघा बजेट प्रस्तुत गर्दै ।

धरानका २० वटै वडाहरूमा प्रशासनिकतर्फ रु दुई करोड ५० लाख र कार्यक्रम तथा पूँजीगततर्फ रु २९ करोड रकम विनियोजन गरिएको छ । सहरी योजना तथा भौतिक पूर्वाधार विकासका लागि रु २९ करोड १० लाख र शिक्षा युवा तथा खेलकुदतर्फ रु ४० करोड ९७ लाख विनियोजन गरिएको छ ।

स्वास्थ्यतर्फ रु चार करोड दुई लाख, सामाजिक विकासतर्फ रु पाँच करोड ८२ लाख २३ हजार, आर्थिक विकासतर्फ रु दुई करोड ७२ लाख तथा वन वातावरण ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ रु एक करोड ६८ लाख बजेट विनियोजन गरिएको बेघाले बताए ।

नगर प्रमुख सहायकता कोष

धरानमा आगामी बर्ष नगर प्रमुख सहायता कोष निर्माण गरेर अति विपन्न बालबालिकाहरुलाई निःशुल्क शैक्षिक सामग्री, पोशाक तथा छात्रवृत्ति व्यवस्था गरी सिपमुलक शिक्षा दिने नीति अवलम्बन गर्ने भएको छ। शुक्रबार नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा धरान १३ स्थित सत्यसाई स्कुलसँग भएको सम्झौता अनुसार साइन्स पार्क पनि निर्माण कार्य अघि बढाइने उल्लेख छ।

यस्तै, युवा उद्यमशिलता विकास कार्यक्रममार्फत युवाहरुलाई विदेश हैन बिजनेश भन्ने भावना जागृत गराएर स्वरोजगारउन्मुख गराइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। नगर प्रमुखबाट निःशुल्क विमा कार्यक्रम अन्तर्गत वडा नं ४ र २० का सम्पुर्ण जनतालाई निःशुल्क स्वास्थ्य विमा पनि गरिने भएको छ।

nijgadh-supermart-adz1200-630