skip this farak Kura Pravakar

पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड (पूर्णपाठ)

1.2K shares
oil-nigam-amlekhgunj-adv.jpeg

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ ।

उपप्रमुख मञ्जुदेवी गुरुङले शुक्रबार ११ औं नगरसभामा नयाँ आर्थिक वर्ष २०७९÷८० का लागि बजेट सार्वजनिक गरेकी हुन् । पोखराले अघिल्लो पटकभन्दा २ करोड ५० करोडभन्दा बढी बजेट ल्याएको हो ।

बजेटमा संघीय सरकारको अनुदानबाट २ अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदानबाट ११ करोड २८ लाख २० हजार, आन्तरिक आयबाट ३ अर्ब १ करोड, संघीय राजस्व बाँडफाँटबाट ३७ करोड ३७ लाख व्यहोर्ने उपप्रमुख गुरुङले बताइन् ।

त्यस्तै, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ४२ लाख ५२ हजार स्रोत व्यवस्था हुने उल्लेख छ । यसो गर्दा २ अर्ब ४० करोड ८१ लाख ८३ हजार कम हुने देखिन्छ । न्यून बजेट चालु आर्थिक वर्षको अन्त्यमा बचत हुने रकमबाट व्यहोर्ने उपमेयर गुरुङले बजेट वक्तव्यमार्फत जानकारी दिइन् ।

चालु आर्थिक वर्षका लागि पोखरा महानगरले ६ अर्ब ४१ करोड बजेट विनियोजन गरेको थियो । जसमध्ये जेठ मसान्तसम्म २ अर्ब ८२ करोडमात्रै खर्च गर्न सकिएको उपप्रमुख गुरुङले बताइन् । ‘यो भनेको सुरु विनियोजनको ४४.०७ प्रतिशतमात्रै खर्च हो,’ उनले भनिन्, ‘यो आर्थिक वर्षको अन्तिमसम्म ८० प्रतिशत खर्च हुने संसोधित अनुमान गरेको छ ।’

३ घन्टा रोकियो बजेट वक्तव्य

यसअघि बजेट प्रस्तुत हुनअगाडि नै रातो किताब प्रकाशन गरिएको भन्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिले नगरसभा बहिष्कार गरेका थिए । एमालेका प्रतिनिधि र महानगर प्रमुख, उपप्रमुख बीचको वार्तापछि नगरसभा करिब ३ घन्टापछि मात्रै सुरु भएको थियो ।

स्रोतका अनुसार वार्तामा महानगर प्रमुख धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले माफी मागेका थिए भने रातो किताब पुनः छाप्ने सहमति भएको छ ।

 


सूचि हेर्न यहाँ Click गर्नुहाेस् ।



nijgadh-supermart-adz1200-630