एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै
वि.सं.२०७९ असार ११ शनिवार ०८:४३
1.3K
shares

काठमाडौं । असार ११ गते
आज नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक बस्दैछ ।बैठक काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटमा बिहान ११ बजे बस्न लागेको हो ।
आजको बैठकमा राजनीति प्रतिवेदन पेश गर्ने, मन्त्रीको विषयमा केन्द्रिय सदस्यको कुरा सुन्ने, पार्टी अध्यक्ष माधव नेपालले आफ्नो भनाइ राख्ने रअब आउने चुनावी तयारीको बारे छलफल गर्ने लगायतको ऐजण्डा रहेको पार्टी प्रचारप्रसार प्रमुख जगन्नाथ खतिवडाले बताए ।यस्तै १३ र १४ गते केन्द्रीय परिषदको बैठक प्रज्ञा प्रतिष्ठानमा बोलाइएको उनले बताए ।
वि.सं.२०७९ असार ११ शनिवार ०८:४३

















