पाख्रीबासका मेयर द्वारा उपमेयरलाई ज्यान मार्ने धम्की, नगर सभा स्थगित
वि.सं.२०७९ असार ११ शनिवार ०९:१२

काठमाडौं । पाख्रीबास नगरपालिकाको नीति तथा कार्यक्रम दोश्रो पटक स्थगित भएको छ ।पहिलो नीति तथा कार्यक्रममा पाख्रीबास वडा नं.३ का वडा अध्यक्ष तथा नेकपा एमाले पाख्रीबास नगर का संसदिय दलकका प्रमुख सचेतकले उक्त नीति तथा कार्यक्रमका बारेमा कुनै पनि छलफल नगरी एकल मनोमानी ढङ्गबाट निर्णायार्थ प्रस्तुत गर्न खोजेको भनी उक्त वैठक वहिस्कार गरेका थिए ।

दोश्रो वैठक मिति २०७९–०३–१० गते बस्ने गरि सुचना प्रकाशित भएको थियो ।नीति तथा कार्यक्रमको छलफल हुनुभन्दा अगाडि कार्यपालिकाको वैठक बसेको थियो ।कार्यपालिकाको वैठकमा सबै विषयहरुमाथी छलफल सकिनै लाग्दा साझको समयमा पाख्रीबास का मेयर ज्ञान वहादुर गुरुङले उप–मेयर नम्रता गौतम देउजा माथी अश्लिल गाली गलौच सहित ज्यान मार्ने धम्की दिएका थिए ।
मेयर ले उपमेयर माथी, तँलाई मार्दिन्छु,तँ बिना नै नीति तथा कार्यक्रम पारित गर्छु,मैले सबै निर्णय एकल गर्छु,तेरो ज्यान जोगाएर राख, जस्ता धम्की दिए पश्चात् नगर उप–प्रमुख ले आफ्नो ज्यानको सुरक्षा गरिदिन प्रहरी सामु अपिल गरिक छन्।यस गाली गलैचलाई प्रहरी सहित नगरपालिकाका कर्मचारीहरु ले समेत सुनेको बताइएको छ।
आफू माथी अन्याय भएपछी र ज्यान मार्ने धम्की सहित अश्लिल गाली गलौच गरे पश्चात् उप(प्रमुखले कानुनी उपाय खोज्ने बताएकी छन्।यस एकल निर्णय र मनोमानी मा पाख्रीबास नगरका प्रमुख प्रशासकीय अधिकृत प्रकाश राज पौडेल ले समेत राजनैतिक व्यवाहर गरेको र विभेदपुर्ण व्यवहार गरेको उनिहरुको आरोप छ ।
वि.सं.२०७९ असार ११ शनिवार ०९:१२

















